समाज


भोलिदेखि फेरि वर्षा बढ्ने सम्भावना, आज?

भोलिदेखि फेरि वर्षा बढ्ने सम्भावना, आज?

नेपालखबर
भदौ १४, २०७७ आइतबार १:२६,

केही दिनयता मनसुन खासै सक्रिय नरहेको नेपालमा भोलि (सोमबार) देखि भने वर्षा केही बढ्ने सम्भावना देखिएको मौसमविद्ले बताएका छन्।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समीर श्रेष्ठका अनुसार मनसुनको न्यून चापीय रेखा औसत स्थान (नेपालदेखि दक्षिण भारत) मै रहे पनि बंगालको खाडीमा बनेको न्यून चापीय क्षेत्रको प्रभावले नेपालमा जलवाष्पयुक्त हावा भित्रिरहेको छ।

यसैको प्रभावले सोमबारदेखि वर्षा केही मात्रामा बढ्ने सम्भावना देखिएको हो।

‘भोलिबाट अलि धेरै ठाउँमा पानी पर्ने र केही ठाउँमा भारी वर्षा पनि हुने सम्भावना देखिएको छ,’ मौसमविद् श्रेष्ठले भने।

आजको सम्भावना
काठमाडौं उपत्यकासहित देशका केही स्थानमा आज (आइतबार) बिहानैदेखि हल्का वर्षा भइरहेको छ।

मौसमविद् श्रेष्ठका अनुसार प्रदेश १, बागमती र सुदूरपश्चिम प्रदेशका केही स्थानमा अहिले सिमसिम पानी परिरहेको छ।

‘अब यो धेरै बेर रहने देखिन्नँ,’ उनले भने, ‘तर आज दिनभर मौसम खुल्ने सम्भावना छैन र दिउँसो पुनः केही स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।’

माैसमविद् श्रेष्ठका अनुसार दिउँसोलाई भारी वर्षाको सम्भावना छैन तर राति भने प्रदेश १ का एक दुई स्थानमा भारी वर्षा हुने सम्भावना छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad