समाज


भारतमा एकै दिन अहिलेसम्मकै धेरै संक्रमित थपिए, कस्ताे छ अरु देशकाे अवस्था?

भारतमा एकै दिन अहिलेसम्मकै धेरै संक्रमित थपिए, कस्ताे छ अरु देशकाे अवस्था?

नेपालखबर
भदौ १४, २०७७ आइतबार १:१६,

पछिल्लो २४ घण्टामा भारतमा विश्वमै सबैभन्दा धेरै कोरोना भाइरस संक्रमित थपिएका छन्।

पछिल्लो २४ घण्टामा भारतमा ७८ हजार चार सय ७२ जनामा संक्रमण पुष्टि भएको छ। यो संख्या भारतमा एकै दिन पुष्टि भएको अहिलेसम्मकै सबैभन्दा धेरै हो।

यस अवधिमा अमेरिकामा ४२ हजार पाँच सय १३, ब्राजिलमा ३४ हजार तीन सय ६०, अर्जेन्टिनामा र पेरुपमा नौ नौ हजार भन्दा धेरैमा संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा भारतमा नौ सय ४४ जनाले काराेना संक्रमणका कारण ज्यान गुमाएका वर्ल्डओमिटरमा उल्लेख छ। आइतबार बिहानसम्मको तथ्यांकअनुसार त्यहाँ अहिलेसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ६३ हजार ६ सय ५७ पुगेको छ।

पछिल्लो २४ घण्टामा विश्वभर पाँच हजार दुई सय ७८ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन्। यस अवधिमा सबैभन्दा धेरै अमेरिकामा नौ सय ५४ जनाले ज्यान गुमाएका छन्।

त्यसैगरी ब्राजिलमा नौ सय चार, मेक्सिकोमा पाँच सय ५२, कोलम्बियामा दुई सय ९७, दक्षिण अफ्रिकामा दुई सय ३८, रुसमा एक सय ११, इरानमा एक सय १० जनाले ज्यान गुमाएका छन्।

पछिल्लो २४ घण्टामा विश्वभर दुई लाख ५५ हजार भन्दा धेरै कोरोना संक्रमित थपिएका छन्।

अहिलेसम्म विश्वभर कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या आठ लाख ४५ हजार नौ सय ५५ पुगेको छ भने संक्रमितको संख्या दुई करोड ५१ लाख ५५ हजार नाघेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad