समाज


काठमाडौँका ३५० सहित उपत्यकामा थपिए ४१५ कोरोना संक्रमित

काठमाडौँका ३५० सहित उपत्यकामा थपिए ४१५ कोरोना संक्रमित

नेपालखबर
भदौ १२, २०७७ शुक्रबार १०:४०,

 काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप ४१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले उपत्यकाका तीन जिल्लामा थप ४१५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको बताए।

प्रवक्ता गौतमका अनुसार उपत्यकाका तीन जिल्लामध्ये काठमाडाैँमा ३५०, ललितपुरमा ११ र भक्तपुरमा ५४ जनामा संक्रमण देखिएको हो।

केहि दिनयता कोरोनाको केन्द्र बन्दै गएको उपत्यकामा बिहीबार ३७७ जनामा कोरोना पुष्टि भएको थियो।

याे पनि: 
काठमाडौं बन्यो कोरोनाको प्रमुख हट स्पट, यस्तो छ पाँच दिनको तथ्यांक

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad