समाज


थप ९२७ मा कोरोना पुष्टि, संक्रमितको संख्या ३६ हजार ४५६ पुग्यो

थप ९२७ मा कोरोना पुष्टि, संक्रमितको संख्या ३६ हजार ४५६ पुग्यो

नेपालखबर
भदौ १२, २०७७ शुक्रबार १०:४१,

पछिल्लो २४ घण्टामा नेपालमा थप ९२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरमा थप ९२७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको बताए।

प्रवक्ता गौतमका अनुसार नेपालमा आजसम्ममा ३६ हजार ४५६ संक्रमित रहेको र संक्रिय संक्रमितको संख्या १६ हजार १९ रहेको छ।

आज १० हजार २२९ जनाको पीसीआर विधिबाट नमूना परीक्षण गरिएको थियो। प्रवक्ता गौतमका अनुसार आजसम्मा नेपालमा ६ लाख ५८ हजार ११० जनाको पीसीआर विधिबाट परीक्षण गरिएको छ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप १६९ जना कोरोना संक्रमित निको भएका छन्। योसँगै कोरोनामुक्त हुनेको संख्या २० हजार २४२ पुगेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad