समाज


भारतमा एकैदिनमा अहिलेसम्मकै धेरै ७७ हजार कोरोना संक्रमित थपिए

भारतमा एकैदिनमा अहिलेसम्मकै धेरै ७७ हजार कोरोना संक्रमित थपिए

नेपालखबर
भदौ १२, २०७७ शुक्रबार ८:२,

सरकारी अधिकारीहरुले शुक्रबार दिएको जानकारीअनुसार भारतमा पछिल्लो २४ घण्टामा ७७ हजार २६६ जना सङ्क्रमित भएका हुन्।

केन्द्रिय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोही अवधिमा एक हजार ५७ जनाको कोरोनाका कारण मृत्यु भएको जनाएको छ।

भारतमा अहिलेसम्म कोरोनाका कारण मृत्यु भएकाहरुको संख्या ६१ हजार ५२९ पुगेको मन्त्रालयका अधिकारीहरुले जनाएका छन्।

विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट भारतमा अहिलेसम्म झण्डै ३४ लाख मानिस सङ्क्रमित भएका छन्। मन्त्रालयको तथ्यांकअनुसार देशभरी अहिलेसम्म ३३ लाख ८७ हजार ५०१ जना सङ्क्रमित भएका हुन्।

कुल सङ्क्रमित मध्ये सात लाख ४२ हजार २३ जना अझै पनि सङ्क्रमित अवस्थामै रहेका छन् भने अरु २५ लाख ८३ हजार ९४८ जना सङ्क्रमणमुक्त भएका छन्। सवैभन्दा धेरै सङ्क्रमितहरु रहेको महाराष्ट्र प्रदेशमा सङ्क्रमितहरुको संख्या एक लाख ७८ हजार ५६१ पुगेको छ।

त्यसैगरी दोस्रो धेरै प्रभावित रहेको आन्ध्र प्रदेशमा अहिले ९४ हजार २०९ जना सङ्क्रमित भएको मन्त्रालयले जनाएको छ। रासस/एएनआई

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad