राजनीति


रौतहटमा पुजारी हत्याको विरोधमा राप्रपा विद्यार्थी संगठनद्वारा काठमाडौंमा विरोध प्रदर्शन, १२ पक्राउ

रौतहटमा पुजारी हत्याको विरोधमा राप्रपा विद्यार्थी संगठनद्वारा काठमाडौंमा विरोध प्रदर्शन, १२ पक्राउ

नेपालखबर
भदौ १२, २०७७ शुक्रबार ७:५४,

रौतहटको हनुमान मन्दिरका पुजारी श्रीराम साह तेलीको हत्याको विरोध र हत्यारा पत्ता लगाई कडा कारबाहीको माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को विद्यार्थी संगठनले काठमाडौंमा विरोध प्रदर्शन गरेको छ।

राप्रपा अध्यक्ष कमल थापाले सो प्रदर्शनका लागि आफ्नो विद्यार्थी संगठनका नेताहरुलाई धन्यवाद दिएका छन्।

उनले ट्विटमा भनेका छन्, ‘स्याबास! निर्दोष पुजारी हत्याको विरोध तथा हत्यारालाई कारवाहीको माग गर्दै प्रतिकुल परिस्थितिका वावजुद राष्ट्रिय प्रजातान्त्रिक बिद्यार्थी संगठनले सांकेतिकरूपमा भएपनि प्रदर्शन गर्न सक्षम भएकोमा। पक्राउ परेका बिद्यार्थीहरूलाई तत्काल रिहा गरियोस्।’

सो प्रदर्शनमा सहभागी केन्द्रीय अध्यक्ष महेश सिंह लगायत १२ विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको राप्रपा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले बताएका छन्।

‘रौतहटको हनुमान मन्दिरका पुजारी श्रीराम साह तेलीको हत्याको विरोध र हत्यारा पत्ता लगाइ कडा कारबाहीको माग गर्दै राप्रपाको विद्यार्थी संगठन राप्रविसंले उपत्यकामा आज गरेको सांकेतिक प्रदर्शनमा भएको प्रशासनको धरपकड र पक्राउ निन्दनीय छ। पक्राउ गरिएकाहरुको शिघ्र रिहाइ होस्,’ श्रेष्ठले भनेका छन्। 

याे पनि: 
एघार धार्मिक संघसंस्थाले भने : सरकारले पुजारी हत्याको निष्पक्ष छानविन नै गरेन

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad