स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार बढ्दै गएको भन्दै मानवअधिकारवादीहरुले प्रदर्शन गरेका छन्।
सोमबार बिहान मानव अधिकार तथा शान्ति समाजले काठमाडौंमा प्रदर्शन गरेको हो।
कोरोना सन्त्रास बढ्दै गइरहेको बेला नागरिकको जीवन रक्षाका लागि अग्रपंक्तिमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरुमाथि देशका विभिन्न भागमा बढ्दै दुर्व्यवहार बढ्दै गएको भन्दै समाजले दोषिमाथि कारबाहीको माग गरेको छ।
स्वास्थ्यकर्मीको सम्मान गरौं, सुरक्षाकर्मीलाई सहयोग गरौं, सञ्चारकर्मीको संरक्षण गरौं, सर्वत्र सद्भाव प्रदर्शन गरौं भन्ने आग्रहसहित काठमाडौंको जोरपाटीमा प्रदर्शन गरिएको हो।
प्रदर्शनमा समाजका सभापति उत्तम पुडासैनी, सल्लाहकार होमकान्त चौलागाई, काठमाडौं शाखा सभापति जगन्नाथ पुडासैनीले संकटको यो घडिमा स्वास्थ्य, सुरक्षा र सञ्चार क्षेत्र ज्यादा संवेदनशील रहेको र उनीहरुको कर्मप्रति मुक्तकण्ठले प्रशंसा गर्दै यस्तो संवेदनशील क्षेत्रमा कार्यरतहरुको सदैव सबैले सम्मान र सहयोग गर्न आग्रह गरेका थिए।
Shares

प्रतिक्रिया