गीतकार तारा अधिकारीको अर्को गीतको म्युजिक भिडियो सुनौलो तारा युट्युब च्यानलबाट सार्वजनिक भएको छ।
शान थापाको निर्देशनमा तयार भएको गुलेलीमा गीतको भिडियोमा नाजिर हुसेन र जेबिका कार्कीलाई देख्न सकिन्छ। भिडियोमा छायाँकन अर्जुन तिवारीको छ।
यो गीतमा संगीत दीपक शर्माको छ। मेलिना राई र किरण भुजेलको स्वर रहेको गीतलाई साहस शाक्यले एरेन्ज गरेका हुन्।
गीतकार अधिकारीका गीतहरु लकडाउनका समयमा धेरै रिलिज भएका छन्। योभन्दा अघि सुनौलो तारा एल्बमका गीतहरुको पनि म्युजिक भिडियो र लिरिकल भिडियोहरु सार्वजनिक भइसकेका छन्।
नाजिरकै अभिनय रहेको अधिकारीको यो भन्दा अघिको गीत लुकी लुकी चोरी चोरीले जस्तै यो गीतले पनि राम्रो सफलता पाउने आशा गीतकार तारा अधिकारीले राखेकी छन्।
तारा अधिकारीका शब्दमा रहेका गीतहरु सबै सुनौलो तारा युट्युब च्यानलमा अपलोड गरिएको छ।

प्रतिक्रिया