रुसले आफूले बनाएको कोरोना खोपको विश्वसनीयतामा प्रश्न उठिरहेका बेला यसको प्रभावकारिता र सुरक्षाबारे अध्ययन सुरु गर्न लागेको छ।
खोप रुसको मास्कोस्थित गामेलिया इन्स्टिच्युटले उत्पादन गरेको हो। जसको नाम ‘स्पुतनिक ५’ राखिएको छ। जुन खोप आम नागरिकका लागि लगाउन हुने गरी विश्वको पहिलो सफल खोप भएको रुसको दाबी छ।
तर कतिपय देशका वैज्ञानिकले भने यति चाँडै बनाइएको खोपले सुरक्षा र प्रभावकारिताका सबै मापदण्ड पूरा गरेको नहुन सक्छ भनेर चिन्ता व्यक्त गरिरहेका छन्।
यसै सन्दर्भमा रुसले उक्त खोप आगामी सातादेखि हजारौं स्वयंसेवकमा लगाएर परीक्षण गर्ने हो। त्यही क्रममा यसको प्रभावकारिता र सुरक्षाबारे पनि अध्ययन गरिने रुसले जनाएको छ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार खोप ४५ भन्दा बढी स्वास्थ्य केन्द्रमा ४० हजारभन्दा बढी मानिसलाई लगाइनेछ।

प्रतिक्रिया