समाज


९ किलो चरेशसहित काठमाडौंबाट एक महिला पक्राउ

९ किलो चरेशसहित काठमाडौंबाट एक महिला पक्राउ

नेपालखबर
भदौ ५, २०७७ शुक्रबार ३:११,

प्रहरीले नौ किलो ३५० ग्राम चरेशसहित काठमाडौंबाट एक महिलालाई पक्राउ गरेको छ।

महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको टोलीले चन्द्रागिरी नगरपालिका-१२ बलम्बुबाट धादिङ गजुरी गाउँपालिका-८ की २२ वर्षीया पवित्रा थिङलाई बिहिबार राति पक्राउ गरेको हो।

वृत्तका प्रमुख, प्रहरी नायव उपरीक्षक घनश्याम श्रेष्ठले बलम्बुमा डेरा गरेर बस्ने थिङले कोठाभित्र जेब्रा झोलामा लुकाएर राखेको अवस्थामा चरेश बरामद गरिएको जानकारी दिए।

पक्राउ परेकी थिङका श्रीमान् फुलबहादुर तामाङ भने फरार रहेका छन्। उनीमाथि लागूऔषध (नियन्त्रण) ऐन, २०३३ बमोजिम अनुसन्धान थालिएको प्रहरीले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad