समाज


काभ्रेमा सार्वजनिक यातायात एक साताका लागि बन्द

काभ्रेमा सार्वजनिक यातायात एक साताका लागि बन्द

नेपालखबर
भदौ ५, २०७७ शुक्रबार ०:५५,

कोरोना भाइरसको सङ्क्रमण दैनिकरुपमा बढ्दै गएपछि काभ्रेमा सार्वजनिक यातायात बन्द भएको छ।

कोभिड–१९ जिल्ला संकट व्यवस्थापन केन्द्र काभ्रेले बिहीबारदेखि जिल्लामा सञ्चालनमा रहेका सार्वजनिक यातायातलाई पूर्णरुपमा रोक लगाएको हो।

देशव्यापीरुपमा बढ्दै गएको सङ्क्रमण जिल्लामा पनि दैनिकरुपमा बढ्दै गएकाले यातायातका साधन यही भदौ १० गतेसम्मको लागि बन्द गर्नुपरेको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले बताए।

जिल्लाका मुख्य बजार क्षेत्र धुलिखेल, पनौती, बनेपा, पाँचखाल र नमोबुद्ध नगरपालिकाका बजार क्षेत्रमा अनावश्यकरुपमा मानिसको भीडभाड तथा आवागमन बढ्दै गएपछि यस्तो निर्णय गरिएको उनको भनाई छ।

कोरोना सङ्क्रमण कम गर्नका लागि अर्को सूचना जारी नभएसम्म व्यापारव्यवसाय र अन्य खरिद बिक्रीजन्य क्रियाकलापसमेत निश्चित समयमा मात्रै गर्न निर्देशन दिएको छ। हरेक बिहान ७ बजेदेखि ९ बजेसम्म र बेलुका ४ बजेदेखि ६ बजेसम्म सामाजिक दुरी कायम गर्दै स्वास्थ्य मापदण्डको पूर्ण पालना गरेर पसलहरु सञ्चालन गर्न दिइएको छ।

काभ्रेमा हालसम्म एक सय दुई जनामा संक्रमण पुष्टि भएको छ। जसमा ३८ जना उपचारपश्चात घर फर्किएका छन्। ६२ जनाको विभिन्न अस्पताल तथा होम आइसोलेशनमा उपचार भईरहेको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डाक्टर नरेन्द्रकुमार झाले जानकारी दिए।

सङ्क्रमणबाट काभ्रेमा अहिलेसम्म दुई जनाको मृत्यु भइसकेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad