आज (शुक्रबार) बिहानैदेखि काठमाडौं उपत्यकालगायत देशका अधिकांश स्थानमा घाम लागेको छ।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्यालका अनुसार अहिले कर्णाली प्रदेशका हिमाली क्षेत्रमा सिमसिम पानीबाहेक अन्य स्थानमा आंशिकदेखि सामान्यसम्म बदली (घाम लागेकाे, थोरै-थोरै बादल पनि) छ।
आज दिनभरजसाे देशका प्रायः स्थानमा घाम लाग्ने सम्भावना रहेको उनले बताए।
‘कतै कतै हल्कादेमि मध्यमसम्म वर्षा हुन पनि सक्छ, नत्र दिनभर वर्षाको खासै सम्भावना देखिएको छैन,’ शुक्रबार बिहान नेपालखबरसँग मौसमविद् अर्यालले भने।
उनका अनुसार साँझदेखि वा राति भने वर्षा हुने सम्भावना छ। राति केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ भने प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका १र२ स्थानमा भारी वर्षाको समेत सम्भावना छ।
‘अहिले देशमा खासै ठूलो सिस्टम (वर्षा गराउने प्रणाली) छैन,’ मौसमविद् अर्यालले भने, ‘त्यही हो, अबका दुई तीन दिन मौसम यस्तै, दिउँसो दिउँसो घाम, राति राति थोरै वर्षा हुने देखिन्छ।’
तर महाशाखाले शुक्रबार बिहान ६ बजे आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै सतर्कता अपनाउन आग्रह गरेको छ।
चेतवानीमा भनिएको छ–
प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका १र२ स्थानमा भारी वर्षाको सम्भावना छ। तसर्थ ती क्षेत्रका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल/पानीको राम्रो निकास नभएका ठाउँमा डुबानसमेत हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।
माैसम महाशाखाले शुक्रबार बिहान जारी गरेकाे तीन दिनसम्मकाे माैसम अनुमान-

Shares

प्रतिक्रिया