छापा खबर


कक्षा ११ मा यस वर्षदेखि नयाँ पुस्तक लागू हुँदै, बल्ल सुरु भयो छपाइ

कक्षा ११ मा यस वर्षदेखि नयाँ पुस्तक लागू हुँदै, बल्ल सुरु भयो छपाइ

नेपालखबर
भदौ ५, २०७७ शुक्रबार १:१५,

जनक शिक्षा सामग्री केन्द्रले कक्षा ११ को पाठ्यपुस्तक छपाइ शुरू गरेको छ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कक्षा ११ मा नयाँ पुस्तक लागू गर्ने निर्णय गरेपछि केन्द्रले अनिवार्य ३ विषयको पाठ्यपुस्तक छपाइ शुरू गरेको हो।

केन्द्रले हिजो बिहीबारदेखि पुस्तक छपाइ शुरू गरेको खबर आजको समाचारपत्र दैनिकमा ईश्वरराज ढकालले लेखेका छन्।

‘उपत्यकामा निषेधाज्ञा भएका कारण कर्मचारी आउन नसकेर केही समस्या परेको छ, तैपनि तोकिएकै समयमा छपाइ सक्नेछौं,’ केन्द्रका प्रवक्ता चित्र आचार्यले भने।

प्रवक्ता आचार्यले नेपाली, अंग्रेजी र सामाजिक तथा जीवन उपयोगी शिक्षाको छपाइ प्रक्रिया शुरू भइसकेको जानकारी दिए। ‘सकभर भदौ महिनाभित्र छपाइ सक्ने गरी काम शुरू गरिसकेका छौं,’ उनले भने।

सरकारले कक्षा १ देखि १२ सम्मको शिक्षालाई माध्यमिक तह उल्लेख गरिसकेको छ। सोहीअनुसार विद्यालय तहको पाठ्यपुस्तक छपाइ गर्ने अधिकार जनक शिक्षाको भएकाले जनकले छपाइ र बिक्री गर्ने तयारी गरेको हो।

सरकारले चालू शैक्षिकसत्रबाट कक्षा १ र ११ का लागि नयाँ पाठ्यपुस्तक छपाइको तयारी गरेको हो। एउटा पुस्तकको करिब ४ लाख थान छपाइ गर्ने आचार्यको भनाइ छ । तर एक कर्मचारीले प्रतिकिताब २५ हजारको दरले छपाइ गर्ने अनुमति पाएको बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad