कोरोनाको खोप उपलब्ध नभइन्जेल डब्लूएचओले मास्क अनिवार्य लगाउनुपर्ने लगायतका अन्य कोरोनाविरुद्धको नियम पालना गर्न आग्रह गरेको छ।
तर चीनको राजधानी बेइजिङमा अब मानिसहरुले घरबाहिर निस्कँदा मास्क लगाउनुपर्ने छैन। बेइजिङमा दुई हप्तायता कोरोना संक्रमण शुन्यमा छ।
त्यसकारण यहाँको जनजीवन सामान्य बन्दै गएको छ। बेइजिङ सेन्टर फर डिजिजेज प्रिभेन्सन एन्ड कन्ट्रोल सीडीसीले बिहिबार जारी गरेको सूचनाअनुसार बेइजिङमा एकजना हिँड्दा अथवा साथीहरुसँग मात्र रहँदा मास्क लगाउन बाध्यकारी पारिएको छैन।
बेइजिङले घर बाहिर निस्कँदा मास्क अनिवार्य नगरेपछि कोरोना जितेको संकेत दिएको बताइएको छ। एससीएमपी
3
Shares

प्रतिक्रिया