अछामको साफेबगर नगरपालिका ७ स्थित बुढीगंगा नदीमा माछा मार्न जाँदा नदीको बीचमा परेका एक जनालाई सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ।
स्थानीय २८ वर्षीय नरेश कठायत माछा मार्ने क्रममा नदीको बीच भागमा परेर सो नदीले बगाएर ल्याएको मुढामा अड्कीएर रहेका थिए।
यस बारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल, नेपाल नम्बर ४९ गुल्म अछामबाट सशस्त्र प्रहरी नायव उपरीक्षक जगदिश जोशीको कमाण्डमा खटिएको एपीएफ टोलीले उनको सकुशल उद्वार गरेको हो।
माछा मार्ने क्रममा खोलामा डुवेकाको शव फेला
यता, धनुषा जिल्लाको नगराईन नगरपालिका २ जमुनी खोलामा माछा मार्ने क्रममा डुवेर बेपत्ता भएका एक जनाको शव एपीएफ टोलीले फेला पारेको छ।
सर्लाही जिल्लाको लालबन्दी नगरपालिका १५ बस्ने १५ वर्षीय सुरेन्द्र कार्की उक्त खोलामा माछा मार्ने क्रममा डुवेर बेपत्ता भएका थिए।
सो घटनाबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट नगराईनबाट खटिएको एपीएफ टोलीले उनको शव पानीबाट बाहिर निकाली आफन्तलाई बुझाएको छ।
Shares

प्रतिक्रिया