बितेको २४ घण्टामा नेपालमा ६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंकी एक महिला, मकवानपुरका १ पुरुष, सप्तरीका १ पुरुष तथा पर्साका १ महिला र २ पुरुष गरी छ जनाको मृत्यु भएको हो।
योसँगै आजसम्म १२६ जनाको कोभिड१९ बाट मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। पछिल्लाे २४ घण्टामा ७०७ जनामा काेराेना पुष्टि भएकाे छ। तीमध्ये २ सय जना उपत्यकाका छन्।

प्रतिक्रिया