प्रतिपक्षी दल नेपाली कांग्रेसले धान रोपाइँ सकिएको लामो समय वितिसक्दा पनि सरकारले कृषकहरुका लागि युरिया, डिएपी लगायतका मल आयात गरी उपलब्ध गराउन नसकेको प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
पूर्व तयारी गरी समयमै मल उपलब्ध गराउनु पर्नेमा समय गुज्रिसक्दा पनि मल उपलब्ध गराउन नसक्नु बर्तमान सरकार कृषि र कृषकहरु प्रति उदासिन रहेको प्रष्ट भएको कांग्रेसले जनाएको छ।
सरकारको यस किसिमका क्रियाकलापले कृषि र कृषकहरुलाई निरुसाहित गर्ने कार्य गरेको भन्दै सरकारी निकायको यस्तो गैरजिम्मेवार र लापरवाही प्रति कांग्रेसले गम्भीर आपत्ति प्रकट गरेको छ। साथै मल आयातमा भइरहेको ढिलाई तथा अनियमितताको समेत छानबिन गरी दोषीमा माथि कानूनी कारबाहीको गर्न कांग्रेसले माग गरेको छ।
‘गरिब किसानहरुले दुःखकष्टका साथ लगाएको धानबालीनाली पहेलिएको अवस्थामा समयमै मल नहाल्दा बाली विग्रीने, उत्पादनमा ह्रास आउने र जसको कारण भविष्यमा भोकमरी सिर्जना हुने अवस्थालाई ध्यानमा राखि सम्बन्धित सबै निकाय गम्भीर हुन जरुरी छ’ बिहीबार जारी विज्ञप्तिमा भनिएको छ।
यस्तै, कोरोना महामारी, बाढीपहिरो डुवानको प्रकोप, त्यसमा अझ थप मल अभावको कारण कृषकहरु पिडामा रहेको उल्लेख गर्दै कांग्रेसले भनेको छ, ‘आफूले लगाएको बाली नष्ट हुने, श्रम खेर जाने र खाद्यान्नको अभाव हुने कुरामा चिन्तित छन्त। सर्थ कृषकहरुको पिडावोध गरी तत्काल निकासको बाटो खोजी सहज तथा सुलभका साथ मल उपलब्ध गराउनका लागि सरकार समक्ष जोडदार माग गर्दछौं।’
त्यसै गरी हिउँदे वालीको लागि कृषकलाई आवश्यक पर्ने मलको अभाव हुन नदिन पूर्व तयारी गर्न र गम्भीर हुनका लागि सचेत गराइएको छ।

प्रतिक्रिया