समाज


दाहसंस्कार गरिसकेपछि कोरोना पुष्टि

दाहसंस्कार गरिसकेपछि कोरोना पुष्टि

नेपालखबर
भदौ २, २०७७ मंगलबार १५:३१,

बर्दियाको मधुवन नगरपालिका–९ का ७८ वर्षीय एक पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ। नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा आज निधन भएपछि घर ल्याएर दाहसंस्कार गरिसकेपछि कोरोना रिपोर्ट पोजेटिभ आएको हो।

बबई नदीको कुसुम्बा घाटमा दाहसंस्कार हुँदा मलाम गएका सबैलाई क्वारेन्टिनमा राख्ने र संक्रमितको बस्ती पनि सिल गर्ने तयारी भएको मधुवन नगरपालिकाका प्रमुख गणेशबहादुर क्षेत्रीले बताए।

संक्रमित पुरुष निमोनिया भएपछि सोमबार नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा भर्ना भएका थिए।

आज बिहान १ः३० बजे उनको निधन भएको र ३ः३० बजेतिर कोरोना रिपोर्ट पोजेटिभ आएको शिक्षण अस्पताल कोहलपुरका कोरोना फोकल पर्सन डा दिनेश श्रेष्ठले जानकारी दिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad