समाज


राष्ट्रकवि घिमिरेले लगाएको गुण नेपाली जनताले भुल्ने छैनन्ः प्रधानमन्त्री

राष्ट्रकवि घिमिरेले लगाएको गुण नेपाली जनताले भुल्ने छैनन्ः प्रधानमन्त्री

नेपालखबर
भदौ २, २०७७ मंगलबार १४:५२,

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रकवि माधवप्रसाद घिमिरेको दुःखद निधनमा श्रद्धाञ्जलि व्यक्त गरेका छन्।

‘उहाँको अवसानबाट नेपालले साहित्य र वाङमयका एक विशिष्ट साधक गुमाएको छ,’ प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल ट्विटरमा भनेका छन्, ‘साहित्यमार्फत उहॉले मुलुकलाई लगाउनु भएको गुण नेपाली जनताले कहिल्यै भुल्ने छैनन्।’

शोकको यस क्षणमा आफूले कवि घिमिरेप्रति उच्चसम्मान र श्रद्धाञ्जलि व्यक्त गरेको प्रधानमन्त्रीले जनाएका छन्।

‘साथै शोक सन्तप्त परिवार र आफन्तजनमा गहिरो समवेदना व्यक्त गर्दछु,’ प्रधानमन्त्रीले भनेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad