कारोबार


ज्योति विकास बैंकका ग्राहकलाई सूर्या हेल्थकेयरमा छुट

ज्योति विकास बैंकका ग्राहकलाई सूर्या हेल्थकेयरमा छुट

नेपालखबर
भदौ २, २०७७ मंगलबार १५:८,

ज्योति विकास बैंक र सूर्या हेल्थकेयरबीच बैंकका ग्राहकलाई विशेष छुट प्रदान गर्नेगरी सम्झौता भएको छ। सम्झौता अन्तर्गत ज्योति विकास बैंकको डेबिट कार्ड भएका ग्राहकहरुले सूर्या हेल्थकेयरको सम्पूर्ण प्याथोलोजी सेवामा २० प्रतिशत छुट पाउनेछन्।

सम्झौता पत्रमा ज्योति विकास बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्ट तथा सूर्या हेल्थकेयरका तर्फबाट संस्थाका ल्याब मेनेजर प्रमोद कुमार यादवले हस्ताक्षर गरेका थिए।

काठमाडौंको लाजिम्पाटस्थित सूर्या हेल्थकेयरमा ज्योति विकास बैंकका ग्राहकले प्याथोलोजी सेवामा बैंकको डेविट कार्ड प्रस्तुत गर्ने बित्तिकै थप २० प्रतिशत छुट पाउनेछन्। बैंकका देशभर रहेका ग्राहकवर्गले सूर्या हेल्थकेयरमा सो छुट सेवाको लाभ लिनसक्नेछन्।

हाल ज्योति विकास बैंकले १०५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६१ वटा एटीएम मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ। हालसम्म बैंकले ३ लाख भन्दा बढी खाताबाट करिब रु ३७ अर्ब निक्षेप संकलन गरी २० हजारभन्दा बढि ऋणीलाई करिब रु ३१ अर्ब लगानी गर्न सफल भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad