समाज


प्रदेश पाँचमा थपिए ५५ कोरोना संक्रमित, एकको मृत्यु

प्रदेश पाँचमा थपिए ५५ कोरोना संक्रमित, एकको मृत्यु

प्रकाश न्यौपाने
भदौ २, २०७७ मंगलबार १२:२४,

प्रदेश ५ मा पछिल्लो २४ घण्टामा ५५ जना नयाँ कोरोना संक्रमित थपिएका छन् भने एक कोरोना संक्रमितको मृत्यु भएको छ।

प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार कपिलवस्तुमा २८, बाँकेमा ११, रुपन्देही १३ र बर्दियामा ३ जना गरी ५५ जना नयाँ संक्रमित थपिएका हुन् । थपिएका संक्रमितमध्ये ३७ जना पुरुष छन् भने १८ जना महिला हुन्।

नेपालगंज मेडिकल कलेजमा उपचार गराइरहेका नेपालगंज उपमहानगरपालिका ५ का ६२ वर्षीय कोरोना संक्रमित पुरुषको भने गएराति निधन भएको छ। गत २४ घण्टामा थपिएका संक्रमितसँगै प्रदेशमा अहिलेसम्म ५ हजार २ सय १ जनामा कोरोना भाइरस पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा.पुष्पराज पौडेलले जानकारी दिए। यस्तै, प्रदेशमा मृतकको संख्या १६ पुगेको छ।

कुल संक्रमितमध्ये ४ हजार २७६ जना उपचारपछि निको भइसकेका छन्। ८९३ जनाको उपचार जारी छ। त्यसमध्ये प्रदेशका विभिन्न ९९ ओटा आइसोलेसन कक्षमा ६५३ जना उपचाररत छन्। संक्रमण पुष्टि भएर पनि लक्षण नदेखिएकालाई आइसोलेसनमा राखेर उपचार भइरहेको प्रवक्ता डा. पौडेलले जनाए।

यस्तै, लक्षणसहितका ७९ जनाको सामान्य उपचार कक्ष र सघन उपचार कक्षमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ। जसअनुसार लुम्बिनी प्रादेशिक अस्पताल धागो कारखाना, बुटवलमा सामान्य उपचार कक्षमा उपचार गराइरहेका २० जना छन् भने सघन उपचारमा १० जना छन्। यस्तै, भीम अस्पताल भैरहवामा सामान्य १, सुशील कोइराला प्रखर अस्पताल बाँकेमा सामान्य २० र केन्द्रिय संस्कृत विद्या पिठ बेलझुण्डी दाङमा २८ जनाले सामान्य उपचार कक्षमा रहेर उपचार गराइरहेका छन्।

प्रदेशमा अहिलेसम्म ७५ हजार ३१४ जनाको पीसीआर जाँचका लागि स्वाव संकलन गरिएकामा ७१ हजार ४९२ जनाको रिपोर्ट आइसकेको छ। स्वाव संकलन गरिएका ३ हजार १ जनाको रिपोर्ट आउन बाँकी रहेको मन्त्रालयका प्रवक्ता डा. पौडेलले जानकारी दिए। यस्तै, भारतलगायत तेस्रो मुलुक र जोखिमयुक्त क्षेत्रबाट प्रदेशका विभिन्न जिल्लामा आएका २ हजार १७८ जना क्वारेन्टिनमा भएको मन्त्रालयले बताएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .