ad ad

समाज


डब्लूएचओ भन्छः कोरोना प्रकोपबीच ‘खोप राष्ट्रियता’ बन्द गरौं

डब्लूएचओ भन्छः कोरोना प्रकोपबीच ‘खोप राष्ट्रियता’ बन्द गरौं

नेपालखबर
भदौ २, २०७७ मंगलबार १२:२१,

खोप राष्ट्रियताका कारण विभिन्न देशले आफ्नो बारेमा मात्र सोचेको डब्लूएचओको आरोप छ।

मंगलबार डब्लूएचओले खोप राष्ट्रियता रोकिनुपर्ने धारणा राखेको छ। हाल विश्वभर कोरोना भाइरसविरुद्धको खोप बनाउने होडबाजी चलेको छ।

कसले पहिले कोरोनाविरुद्धको खोप बनाउने भनेर लागि पर्दा भाइरसलाई जित्न एकताको कमी भएको डब्लूएचओको भनाइ छ।

डब्लूएचओले भनेको छ,‘विश्वका सबै सुरक्षित नभइन्जेल कोरोनाबाट कोही सुरक्षित छैन।’

हाल कोरोनाविरुद्धको खोप बनाउने कार्य विश्वभर जारी छ। पछिल्लो सयम रुस, अमेरिका, चीन तथा बेलायतले कोरोनाको खोप बनाउनमा फड्को मारेका छन्।

रुसले कोरोनाविरुद्धको खोपलाई देशमा प्रयोग गर्न अनुमति दिइसकेको छ भने अन्य देशले खोपको अन्तिम परीक्षण बाँकी रहेको बताएका छन्। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .