समाज


इरानले कब्जामा लिएको वेलायती तेल ट्यांकरमा १८ भारतीय नागरिक

इरानले कब्जामा लिएको वेलायती तेल ट्यांकरमा १८ भारतीय नागरिक

नेपालखबर
साउन ५, २०७६ आइतबार ७:९,

इरानले शनिबार नियन्त्रणमा लिएको वेलायती तेल ट्यांकरमा १८ भारतीय कामदार भएको बताइएको छ।

वेलायती तेल ट्यांकरमा २३ जना मानिसहरु रहेको जनाइएको थियो। तीमध्ये १८ जना भारतीय नागरिक भएको खबरहरु भारतीय संचारमाध्यमले जनाएका थिए।

भारतीय विदेश मन्त्रालयका प्रवक्त रवीश कुमारले यस विषयमा भनेका छन्,‘हामी घटनाक्रमको बारेमा जानकारी संकलन गरिरहेका छौं। भारतीय नागरिकलाई चाँडै रिहाईको सनिश्चितताका लागि हामी इरान सरकारसँग सम्पर्कमा छौं।’

शनिबार इरानले वेलायती तेल ट्यांकर नियन्त्रणमा लिएपछि वेलायत निकै रुष्ट बनेको छ। वेलायतले तेल ट्यांकर नछाडे उसले गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएको छ।

अमेरिकाले खाडी क्षेत्रमा इरानको गतिविधि निगरानी गर्नका लागि साउदीमा आफ्नो सेनाहरु तैनाथ गर्ने भइसकेको छ।

वेलायत र अमेरिका इरानसँग रुष्ट भइरहँदा भारत भने इरानसँग नजिक छ। भारत इरानको सबैभन्दा ठूलो ग्राहकमध्येको एक हो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad