प्रहरीले मकवानपुरमा गाँजा तस्करलाई पक्राउ गर्नका लागि गोली चलाएको छ।
शनिबार राति हतियारसहित आएका गाँजा तस्करलाई मकवानपुर प्रहरीले गोली प्रहार गरी मनहरी क्षेत्रबाट नियन्त्रणमा लिएको हो।
मकवानपुरका प्रहरी प्रमुख एसपी मुकेश सिंहले लामो समयदेखि प्रहरी खोजीमा रहेका तस्कर पक्राउ गर्न सफल भएको नेपालखबरसँग बताए।
उनले घटनामा लडेर एकजना सहायक निरीक्षक सामान्य घाइते भएको बताए। उनका अनुसार प्रहरी र तस्कर दुबै समूहबीच कुनै मानवीय क्षति भएको छैन।
घटनाका बारेमा अहिले २ बजे पत्रकार सम्मेलनको आयोजना गरेर विस्तृत जानकारी गराउने तयारीमा प्रहरी छ।
3
Shares

प्रतिक्रिया