अछामस्थित नरहरिनाथ खोलाले बगाएर एकै परिवारका चार जनाको मृत्यु भएको छ।
दिपायलस्थित सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका निमित्त प्रदेश प्रहरी प्रमुख तथा प्रहरी वरिष्ठ प्रहरी उपरीक्षक मुकेशकुमार सिंहका अनुसार खोलाले बगाएर अछामकाे पञ्चदेवल विनायक नगरपालिका–९ का ३३ वर्षीया देवा बोहरा, उनका छोरीद्वय १४ वर्षीया विपना, १ वर्षीया आकृति र ७ वर्षीय छोरा हेमन्तकाे मृत्यु भएकाे हाे।
अछाम र कालीकोटको सीमा क्षेत्रमा पर्ने नरहरिनाथ खोला तर्ने क्रममा उनीहरुको बगेर मृत्यु भएको प्रहरीले जनाएको छ। लगातार वर्षाका कारण खोलामा बाढी आएको र तर्ने क्रमामा बगेर उनीहरुको मृत्यु भएको हो।
शव जिल्ला अस्पताल अछाम ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ। रासस
प्रतिक्रिया