ad ad

समाज


पोखराकी ८८ वर्षीया वृद्धा कोरोना संक्रमणमुक्त

पोखराकी ८८ वर्षीया वृद्धा कोरोना संक्रमणमुक्त

नेपालखबर
साउन ३२, २०७७ आइतबार १५:३३,

पोखराकी एक ८८ वर्षीया एक वृद्धा कोरोना संक्रमणबाट मुक्त भएकी छिन्। पोखराका कोभिड १९ अस्पतालमा एक साताअघि भर्ना भएका उनी आइतबार डिस्चार्ज भएकी हुन्।

पोखरास्थित कोभिड अस्पतालका डा. अञ्जन तिवारीले उमेरको कारण वृद्धाको अवस्थामा जटिल हुन्छ कि भन्ने चिन्ता भएपनि कुनै समस्या नआएको बताए।

‘कोरोना पुष्टि भएको एक सातापछि उहाँलाई अस्पतालमा भर्ना गरिएको थियो। उहाँका स्वास्थ्य अवस्थामा समान्य नै रह्यो,’ डा. तिवारीले भने, ‘तीन दिनअघि दिएको स्वाबको नतिजा आज आयो। त्यसपछि हामीले डिस्चार्ज गर्‍यौं।’

संक्रमण पत्ता लागेको एक सातासम्म ती महिला घरकै आइसोलेसनमा बसेकी थिइन्।

उनलाई उच्च रक्तचापको समस्या भएपनि अन्य स्वास्थ्य अवस्था सामान्य रहेको डा. तिवारीले बताए।

‘ब्लड प्रेसर ब्याक पेनको पुरानो समस्या रहेछ,’ तिवारीले भने।

पोखरा महानगरपालिका वडा १९ लामाचौरकी ती महिलाका छोरी र ज्वाइँ पनि कोरोनाबाट संक्रमित भएका थिए। डा. तिवारीले कोभिड अस्पतालमा भर्ना भएकामध्ये ती महिला नै सबैभन्दा वृद्ध संक्रमित भएको बताए।

डा. तिवारीले कोभिड १९ अस्पतालमा १० जना संक्रमण मुक्त भएको र चार जना थपिएको बताए।

‘आठ जना आजै डिस्चार्ज हुनु भयो। दुई जना भने जनकपुरका भएकाले पठाउन सकिएन,’ तिवारीले भने।

हाल सो अस्पतालमा आइसोलेसनमा १६ जना संक्रमित छन्। स्वास्थ्य मन्त्रालयले जारी गरेको पछिल्लो तथ्यांकमा कास्कीमा ६६ जना संक्रमित छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .