ad ad

अटो


टीभीएसद्वारा नेपालमै पहिलाे पटक लाइभ स्मार्ट मोटरसाइकल सार्वजनिक गरिँदै

टीभीएसद्वारा नेपालमै पहिलाे पटक लाइभ स्मार्ट मोटरसाइकल सार्वजनिक गरिँदै

नेपालखबर
साउन ३२, २०७७ आइतबार १५:४३,

अन्तर्राष्ट्रिय अटोमोबाइल कम्पनी टीभीएस मोटरको २ र ३ चक्के सवारीको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले  सोमबार स्मार्ट कनेक्ट र एबीएस  सहितको आफ्नो २०० सीसीको नयाँ मोडल सार्वजनिक गर्ने भएको छ।

मोटरसाइकलमा भएका स्मार्ट सुविधा र महामारीको वर्तमान परिस्थितिलाई मध्यनजर राख्दै कम्पनीले उक्त मोटरसाइकल नेपालमै प्रथम पटक लाइभ स्मार्ट लन्चमार्फत सार्वजनिक गर्न लागेको हो।

सो कार्यक्रम जगदम्बा मोटर्सको आधिकारिक फेसबुक पेज लगायत अन्य १०० भन्दा ज्यादा चर्चित फेसबुक पेजमार्फत प्रत्यक्ष प्रसारण गरिनेछ। यो कार्यक्रम एउटा खुल्ला सहभागीता मुलक समारोह रहेको छ जसमा कम्पनीले उपलब्ध गराउने लिंक (क्लिक गर्नुहाेस्) को माध्यमबाट इच्छुक व्यक्तिहरुले सहभागिता जनाउन पाउने छन्।

उक्त लाइभ स्मार्ट लन्च कार्यक्रममा नयाँ मोटरसाइकलको अनावरण राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्काले गर्ने भएका छन्। नयाँ मोटरसाइकल अनावरण बाहेक उक्त कार्यक्रममा चर्चित कलाकार स्वप्न सुमन, तृष्णा गुरुङ र समृद्धि राईले रोमाञ्चक सांगीतिक प्रस्तुति समेत प्रदान गर्ने छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .