नेपालमा चार जिल्लामा कोरोनाका सक्रिय संक्रमितको संख्या शून्य रहेको छ भने चार जिल्लामा ५ सय भन्दा बढी संक्रमित उपचाररत रहेका छन्।
शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले चार जिल्लमा शून्य संक्रमित र चार जिल्लामा ५ सय भन्दा बढी संक्रमित उपचाररत रहेको जानकारी दिए।
प्रवक्ता गौतमका अनुसार छ सयभन्दा बढी कोरोना संक्रमित भएका जिल्लामा काठमाडौँ, पर्सा, रौतहट र महोत्तरी रहेका छन्।
त्यस्तै शून्य संक्रमित भएका जिल्लामा संखुवासभा, मनाङ, मुस्ताङ र डोल्पा रहेको उनले जानकारी दिए।
आज देशभर गरेर ५९४ जनामा कोरोना पुष्टि भएको छ भने २४० जना उपचारपछि निको भएर घर फर्केका छन्।

प्रतिक्रिया