सिन्धुपाल्चोकको जुगल गाउँपालिका २ लिदीमा शुक्रबार बिहान गएको पहिरोमा परी एकै परिवारका ६ जनासहित ३८ जना बेपत्ता भएका छन्।
पहिरोमा परेर अहिलेसम्म एकै परिवारका ६ सहित ३८ जना बेपत्ता छन् भने ३७ घर पूर्णरुपमा भत्किएका छन्।
अहिलेसम्म ८ जना घाइतेको उद्धार गरी उपचारका लागि अस्पताल पाठाइएको प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए।
जुगल गाउँपालिका २ लिदीमा पहिरो गएको खबर पाउनासाथ सभामुख सापकोटा त्यसतर्फ प्स्थान गरेका थिए। अहिले पनि सभामुख सापकोटा पहिरो गएकै स्थानमा रहेको र राहत र उद्धारको तयारी गरिरहेको न्यौपाने जानकारी दिए।
हेरौँ जुगल पहिरोका १२ तस्बिर
तस्बिर सौजन्य : श्रीधर न्यौपाने











3
Shares

प्रतिक्रिया