यस वर्षको पहिलो तीन महिनामा उनीहरुको कोरोनाबारे अफवाहका कारण ज्यान गएको थियो।
अमेरिकन जर्नल अफ ट्रोपिकल मेडिसिन एण्ड हाइजिनमा प्रकाशित अध्ययका अनुसार सामाजिक सञ्जालमा फैलिएको कोरोनाबारे अफवाहका कारण विश्वकरका पाँच हजार ८०० मानिसहरु अस्पताल जान बाध्य भएका थिए।
धेरैले मिथानोल र अल्कोहलजन्य उत्पादन खाएका कारण ज्यान गुमाएको अनुसन्धानमा जनाइएको छ।
विश्व स्वास्थ्य संगठनले यसअघि कोरोना भाइरसभन्दा बढी खतरनाक यसबारे फैलिएको अफवाह भएको बताएको थियो। त्यसपछि भने विश्वभरका देशले सामाजिक सन्जालमा फैलने अफवाह नियन्त्रणको प्रयास गरेका थिए। बीबीसी

प्रतिक्रिया