काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप १२७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफि«मा मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले उपत्यकामा थप १२७ जनामा कोरोना पुष्टि भएको बताए।
पछिल्लो २४ घण्टामा थपिएका संक्रमितमा काठमाडौँका १११, ललितपुरका ११ र भक्तपुरका ५ जना रहेको प्रवक्ता गौतमले जानकारी दिए।
योसँगै नेपालमा पछिल्ले २४ घण्टामा थप ५२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
प्रवक्ता गौतमका अनुसार योसँगै नेपालमा संक्रमितको संख्या २४ हजार ९५७ पुगेको छ भने सक्रिय संक्रमितको संख्या ८ हजार २५ रहेको छ।
आज ९ हजार ८५९ जनाको पीसीआर परीक्षण गरिएको प्रवक्ता गौतमले जानकारी दिए।
यस्तै पछिल्लो २४ घण्टामा थप १०९ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्केका छन्। योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनको संख्या १६ हार ८३७ पुगेको छ।
प्रवक्ता गौतमका अनुसार नेपालमा अहिलेसम्म कोरोना संक्रमणबाट ९५ जनाको मृत्यु भएको छ।

प्रतिक्रिया