समाज


सुन पसलबाट साढे चार लाखका गहना ठगी गर्ने महिला पक्राउ

सुन पसलबाट साढे चार लाखका गहना ठगी गर्ने महिला पक्राउ

नेपालखबर
साउन २९, २०७७ बिहिबार १०:४७,

सुन पसलबाट विभिन्न बहानामा झण्डै साढे चार लाखका गरगहना ठगी गर्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा झापाको शान्तिनगर–६ घर भई हाल काठमाडौंको नयाँ वानेश्वर बस्ने वर्ष २९ कि शारदा मगर रहेकी छन्। प्रहरीका अनुसार मगरले चार लाख ३६ हजार रकम बराबरको सुनका गरगहनाहरु विभिन्न बहाना बनाई झुक्याई ठगी गरेकी थिइन्।

उनले ठगी गरेका गहनाहरुमा सुनको सिक्री डेढ तोला थान १, सुनको लकेट ५४ लालको थान १, सुनको ब्रासलेट १ तोला ५२ लालको थान १, हिराको औँठी थान १, र सुनको औँठी ३५ लालको थान १ रहेका छन्।

अपराध अनुसन्धान महाशाखाबाट खटिएको प्रहरी टोलीले मगरलाई ज्ञानेश्वरबाट प्रकाउ गरी आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर टेकु पठाईएको जनाएको छ।

साथै निजले अन्य व्यक्तिहरु समेतलाई ठगी गरेको हुन सक्ने सम्भावना रहेको भन्दै प्रहरीले ठगीमा परेको भए कार्यालयमा सम्पर्क गर्न आग्रह गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad