समाज


तीन वर्षीया बालिकालाई बलात्कार गर्ने व्यक्ति पक्राउ*

तीन वर्षीया बालिकालाई बलात्कार गर्ने व्यक्ति पक्राउ*

नेपालखबर
साउन २५, २०७७ आइतबार ११:५,

कैलालीमा तीन वर्षीया बालिकालाई बलात्कार गर्ने एक व्यक्ति पक्राउ परेका छन्।

पक्राउ पर्नेमा गौरिगंगा नगरपालिका–३ का २१ वर्षीय अर्जुन चौधरी रहेका छन्।

बलात्कारको मुद्दामा उनलाई ९ वर्ष ३ महिना २९ दिन कैद र २५ हजार रुपैयाँ जरिवानाको फैसला भएको थियो।

२०७२ भदौ १३ गते राति ९ बजे घरबाट लगेर जंगलमा बलात्कार गरी छाडेको अवस्थामा बालिका अर्धचेत अवस्थामा फेला परेकी थिइन्।

ति बालिका भोलिपल्ट बिहान ८ बजे गौरीगंगा नगरपालिका ३ स्थित शिब नदीको किनार नर्सरी जंगलमा शरीरका बिभिन्न भागमा घाउ निलडाम भएको अवस्थामा अर्धचेत भेटिएकी थिइन्।

पक्राउ गरे पनि जिल्ला अदालतले २०७२ भदौ १५ गते उनलाई तारेखमा छाड्न आदेश दिएको थियो। तर २०७३ जेठ २७ गते ९ वर्ष ३ महिना २९ दिन कैद र २५ हजार जरिवानाको फैसला भएपछि फरार भएका थिए।

शनिबार पुनः पक्राउ परेका चौधरीलाई आइतबार सजाय भुक्तानका लागि जिल्ला अदालतमा पेश गरिएको कैलाली प्रहरी प्रमुख एसपी अनुपम सिंह जबराले बताए।

*यो समाचारमा यसअघि भूलवश अर्कै फोटो पर्न गएकोमा क्षमाप्रार्थी छौं। -सम्पादक

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad