समाज


काठमाडौंमा मात्रै ९० जना संक्रमित थपिए, कुन जिल्लामा कति?

काठमाडौंमा मात्रै ९० जना संक्रमित थपिए, कुन जिल्लामा कति?

नेपालखबर
साउन २५, २०७७ आइतबार ११:८,

नेपालमा फेरि ३ सय ८० जना कोरोना संक्रमित थपिएका छन्। यसमा काठमाडौं जिल्लाका मात्रै ९० जना र पर्साको मात्रै ७१ जना छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार ३७ वटा प्रयोगशालामा गरिएको परीक्षणमा उक्त संक्रमित भेटिएका हुन्।

कुन प्रयोगशालामा कति?
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान प्रयोगशालामा सुनसरीका ३ जना, कोशी अस्पताल विराटनगर प्रयोगशालामा सिरहाका ४ जना र मोरङका २८ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा झापाका ४ जना र सुनसरीका ३ जनामा कोरोना पुष्टि भएको छ।

त्यस्तै, गजेन्द्र नारायणसिंह अस्पताल राजविराज प्रयोगशालामा सप्तरीका १५ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरधाममा धनुषाका ३५, महोत्तरीका १५, रौतहटका १, सप्तरीका २, सर्लाहीका २ र सिन्धुलीका १ जनामा कोरोना भेटिएको छ।

यसबाहेक नारायणी अस्पताल वीरगञ्ज प्रयोगशालामा बारामा ३ जना, सर्लाहीका १ जना र पर्साका ७१ जनामा कोरोना पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। उनका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा काठमाडौंका ४४ जना, ललितपुरका १ जना र नुवाकोटका ३ जनामा पनि कोरोना पुष्टि भएको छ।

त्यस्तै, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा धनुषाका १ जना, काठमाडौंका १८ जनामा कोरोना पुष्टि भेटिएको छ। त्यस्तै भरतपुर अस्पताल प्रयोगशालामा चितवनका ७ जना र नवलपरासी पूर्वका १ जनामा कोरोना भेटिएको छ।

पाटन अस्पताल प्रयोगशालामा काठमाडौंका ५ जना र धनुषाका १ जना, वीर अस्पताल काठमाडौंमा बाराका १ जना, रामेछापका १ जना र सिन्धुपाल्चोकका १ जनामा कोरोना पुष्टि भएको छ। यसबाहेक स्टार अस्पताल प्रयोगशाला सानेपामा काठमाडौंका १३ जना, ललितपुरका १ जना र सर्लाहीका १ जनामा कोरोना भेटिएको छ।

यस्तै, ह्याम्स अस्पताल प्रयोगशालामा काठमाडौंका ८ जना, नेपाल कोरिया मैत्री अस्पतालमा धादिंगका १ जना, काठमाडौंका १ जना, नवलपरासी पूर्वका १ जना र पर्साका २ जनामा कोरोना भेटिएको छ।

वीरेन्द्र सैनिक अस्पतालमा काठमाडौंका १ जना, प्रादेशिक क्षयरोग प्रयोगशाला पोखरामा पर्वतका १ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा पाल्पाका १ जना, नवलपरासी पूर्वका १ जना, कपिलवस्तुका ६ जना र रुपन्देहीका ५ जनामा कोरोना पुष्टि भएको छ।

त्यस्तै, भेरी अस्पताल प्रयोगशाला नेपालगञ्जमा बाँकेका २१ जना र बर्दियाका २ जना, लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा कपिलवस्तुका ११ जना, नवलपरासी पूर्वका १ जना र रुपन्देहीका ५ जनामा कोरोना भेटिएको छ।

यसबाहेक राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ प्रयोगशालामा दाङका ४ जना, सुर्खेत प्रादेशिक अस्पतालमा दैलेखका १ जना र सुर्खेतका २ जनामा कोरोना भेटिएको छ। त्यस्तै, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा जुम्लाका ४ जना र कालीकोटका २ जनामा पनि कोरोना पुष्टि भएको छ।

डडेल्धुरा अस्पतालमा बैतडीका १ जना, डडेल्धुराका ३ जना र डोटीका ८ जनामा कोरोना पुष्टि भएको छ। यसरी ३७ वटा प्रयोगशालामा जम्मा ३ सय ८० संक्रमित पछिल्लो २४ घण्टामा भेटिएका हुन्।

हालसम्म ११ हजार ३८ जना क्वारेन्टिनमा छन् भने पछिल्लो २४ घण्टामा ४० जना डिस्चार्ज भएका छन्। योसँगै डिस्चार्ज हुनेको संख्या १६ हजार ३५३ पुगेको छ। त्यस्तै ६ हजार ५ सय ४४ जना सक्रिय संक्रमित रहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad