समाज


उपत्यकामा अहिलेसम्मकै बढीमा कोरोना पुष्टि, आज मात्रै थपिए ८७ जना

उपत्यकामा अहिलेसम्मकै बढीमा कोरोना पुष्टि, आज मात्रै थपिए ८७ जना

नेपालखबर
साउन २२, २०७७ बिहिबार १०:५६,

काठमाडौँ उपत्यकामा अहिलेसम्मकै बढी कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा पछिल्लो २४ घण्टामा ८७ जनामा कोरोना पुष्टि भएको हो।

बिहीबार मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले उपत्यकाका काठमाडौँमा ७६, ललितपुरमा १० र भक्तपुरका १ गरी ८७ जनामा कोरोना पुष्टि भएको बताए। 

याेसँगै नेपालमा पछिल्लो २४ घण्टामा थप ३६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

याे पनिपछिल्लो २४ घण्टामा ३६० संक्रमित थपिए

योसँगै नेपालका कोरोना संक्रमितको कुल संख्या २१ हजार ७ सय ५० पुगेको छ भने  सक्रिय संक्रमितको संख्या थप ६ हजार २९६ रहेको छ।

आज ६ हजार ६२२ जनाको पीसीआर परीक्षण गरिएको प्रवक्ता गौतमले जानकारी दिए।

त्यस्तै पछिल्लो २४ घण्टामा थप २३३ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्केका छन्। योसँगै कोरोना मुक्त हुनेको संख्या १५ हजार ३८९ पुगेको छ।

 प्रवक्ता गाैतमले कोरोनाका कारण नेपालमा अहिलेसम्म ६५ जनाको मृत्यु भएको बताए।

(यसअघि यो समचारमा उपत्यकामा संक्रमितको संख्या ८४ भएकोमा सच्याइएको छ)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad