स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ६५ पुगेको जनाएको छ।
बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गोतमले देशभर गरेर अहिलेसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ६५ पुगेको बताए।
पछिल्लो २४ घण्टामा मृत्यु हुनेमा मोराङका २ जना, धनुषाका १, सर्लाहीका १ र सप्तरीका १ जना रहेका छन्। योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ६५ पुगेको हो।
मृत्यु हुनेमा मोरङ जिल्ला रंगेली नगरपालिका ८ का ४५ वर्षीय पुरुष रहेका छन्। स्वासप्रश्वास समस्या आउनुका साथै ज्वरो पनि देखिएपछि उनको साउन २१ कोसी अस्पताल ल्याउँदै गर्दा बाटैमा मृत्यु मृत्यु भएको थियो ।
त्यसैगरी मधुमेह र मिर्गौला रोगबाट पीडित मोरङकै विराटनगर महानगरपालिका ९ बस्ने ४५ वर्षीय एक पुरुषको साउन २१ गते कोसी अस्पतालमा मृत्यु भएको हो। उनको मृतयुपछि मात्रै कोरो्ना पुष्टि भएको मन्त्रालयले जनाएको छ।
त्यस्तै सर्लाहीकी ६५ वर्षीया महिलाको साउन २१ उपचारको क्रममा बलम्बु सशस्त्र प्रहरी बल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।
त्यस्तै साउन १७ गते ओम अस्पताल तथा रिसर्च सेन्टरमा मृत्यु भएकी धनुषा जिल्ला मिथिला नगरपालिका १० लालगढ बस्ने ७२ वर्षीया महिलाको साउन १७ गते उपचारको क्रममा मृत्यु भएको थियो। उनको पनि मृत्युपछि कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ।
त्यस्तै गजेन्द्रनारायण सिंह अस्पताल राजविराज उपचाररत सप्तरी जिल्ला रुपनी नगरपालिका ५ बस्ने ४२ वर्षीय पुरुषको साउन २१ गते मृत्यु भएको हो। उनमा ज्वरो तथा स्वासप्रश्वासमा समस्या देखिएको थियो।

प्रतिक्रिया