समाज


समुदायमा कोरोना फैलिएपछि विराटनगरमा शनिबारदेखि दुई साता लकडाउन

समुदायमा कोरोना फैलिएपछि विराटनगरमा शनिबारदेखि दुई साता लकडाउन

नेपालखबर
साउन १६, २०७७ शुक्रबार १०:२५,

विराटनगर महानगरपालिकाले थप दुई साता लकडाउन गर्ने निर्णय गरेको छ। समूदायमा कोरोना फैलिएको निष्कर्ष निकाल्दै महानगरले शनिबारदेखि दुई साताका लागि लकडाउन गर्ने निर्णय गरेको हो।

महानगरपालिकाका मेयर भीम पराजुलीले समुदायमै कोरोना भाइरसको संक्रमित देखिएपछि लकडाउन घोषणा गरिएको बताए।

उनले संक्रमितको संख्या पनि दिनप्रतिदिन बढ्दै गएको र ट्राभल हिस्ट्री नभएकाहरुमा पनि संक्रमण देखिएपछि महानगरपालिकाभित्र लकडाउन गर्ने निर्णयमा पुगेको बताए।

‘ट्रभल हिस्ट्री नभएका ६० भन्दा बढीमा संक्रमण देखिएपछि कोरोना समुदायमा फैलिएको निष्कर्ष निकाल्दै दुईसाता लकडाउन गर्ने निर्णय गरेका हौँ’, नेपालखबरसँग कुरा गर्दै मेयर पराजुलीले भने।

उनले अहिलेलाई दुई हप्ताका लागि लकडाउनको घोषणा गरेको भए पनि आवश्यकताअनुसार थप गर्न सकिने बताए।

विराटनगरमा शुक्रबारमात्रै थप १० जनामा कोरोना पुष्टि भएको छ। योसँगै विराटनगर महानगरपालिकाभित्र मात्रै संक्रमितको संख्या १०९ पुगेको छ।

सरकारले यसअघि स्थानीय निकायले आफ्नो क्षेत्रमा जोखिम हेर्दै लकडाउन गर्नसक्ने व्यवस्था गरेको छ। 

यसअघि वीरगञ्ज महानगरपालिकामा पनि लकडाउन घोषणा गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad