१३ वर्षीया किशोरीको फोटो प्रयोग गरी फेक फेसबुक आईडी बनाएर अश्लील हर्कत गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा तनहुँको भानु नगरपालिका–८ घर भइ हाल काठमाडौंको बालाजु बस्ने ३८ वर्षीय सविनराज मिश्र रहेका छन्। उनले तनहुँकी ती किशोरीको फोटो प्रयोग गरी फेसबुक आईडी बनाएर किशोरीकी दिदी तथा आफन्तलाई अश्लील फोटो पठाउने गरेको प्रहरीको साईबर ब्यूरोले जनाएको छ।
पक्राउ परेका मिश्रलाई ७ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ।
आरोपी यसअघि पनि विद्युतीय कारोबर ऐन २०६३ को कसुरमा अदालतबाट एक लाख धरौटीमा छुटेका व्यक्ति हुन्।
3
Shares

प्रतिक्रिया