समाज


कुवेत लैजाने भन्दै महिलालाई दिल्लीको कोठीमा पुर्‍याइयो, दुई पक्राउ

कुवेत लैजाने भन्दै महिलालाई दिल्लीको कोठीमा पुर्‍याइयो, दुई पक्राउ

नेपालखबर
साउन १६, २०७७ शुक्रबार १०:२१,

प्रहरीले महिला बेचविखनमा संलग्न दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा खोटाङ राबाबेसी गाउँपालिका–१ घर भई हाल धरान उपमहानगरपालिका–११ बस्ने ३९वर्षीय पुष्प परियार र दाङ घोराई उपमहानगरपालिका–९ घर भई हाल काठमाडौंको लाजिम्पाट बस्ने ५६ वर्षीय प्रविन शबिन शाह रहेका छन्।

परियार र शाहले झापा, मोरङ र पर्वत जिल्लाबाट ६ जना नेपाली महिलाहरुलाई कुवेत, साउदी र ईराकमा राम्रो रोजगारीको अवसर छ भनी प्रलोभनमा पारी भारतको नयाँ दिल्ली पुर्याएका प्रहरीले जनाएको छ।

उनीहरुले ती महिलालाई काठमाडौं ल्याएर गत फाल्गुन ३० गते दाङ–नेपालगञ्ज नाका हुँदै भारत लगेका थिए। महिलाहरुलाई त्यहाँ एउटा घरको कोठामा राखी बन्धक बनाएर शारीरिक तथा मानसिक यातना दिएकोमा नेपाल प्रहरी मानव बेचविखन अनुसन्धान ब्यूरो र शान्ति पूनर्स्थापना केन्द्र नयाँ दिल्ली समेतको सहयोगमा उनीहरुको उद्धार गरिएको थियो।

असार २१ गते काठमाडौं ल्याईएका महिलालाई दुई हप्तासम्म संरक्षण केन्द्रमा राखी मनोपरामर्श गरी आफन्तको जिम्मा लगाईएको प्रहरीले जनाएको छ।

घटनामा सम्लग्न व्यक्तिहरुको खोज तलास गर्ने क्रममा प्रहरीकाे मानव बेचविखन अनुसन्धान ब्यूरोबाट खटिएको टोलीले मंगलबार उनीहरुलाई पक्राउ गरेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .