ad ad

समाज


कालीकोटको नरहरीनाथमा पहिरोले घर पुरिँदा ९ जनाको मृत्यु

कालीकोटको नरहरीनाथमा पहिरोले घर पुरिँदा ९ जनाको मृत्यु

नेपालखबर
साउन १४, २०७७ बुधबार ८:३,

कालीकोटको नरहरीनाथ गाउँपालिकामा गएको पहिरोमा परी ९ जनाको ज्यान गएको छ।

बुधबार बिहान गएको पहिरोमा वडा नम्बर ७ का ७ जना र वडा नम्बर ४ का दुई जनाको ज्यान गएको कालीकोट प्रहरीले जानकारी दिएको छ।

नरहरीनाथ–७ मा का गंगे बुढाको घर पुरिँदा उनीसहित ६ जना पुरिएका थिए।

पहिरोले घरसहित पुरिएका ६२ वर्षीय गंगे बुढा, उनकी श्रीमती ६१ वर्षीया नैनी बुढा, बुहारी २४ वर्षीया कुशा बुढा, नातिनी १० वर्षीया चन्द्रिका बुढा, ७ वर्षीय नाति राम बुढा र १८ महिने नाति चरित्र बुढाको ज्यान गएको हो।

छोरी विमला बुढाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

सोही गाउँपालिकाको वडा नम्बर ४ मा गएको पहिरामा परी दुई जनाको ज्यान गएको छ।

दले बुढाको घर पुरिँदा उनीसहित उनकी श्रीमती मुना बुढाको ज्यान गएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .