ad ad

समाज


नक्कली सुन र पेस्तोल बरामदबारे अनुसन्धान गर्न ५ सदस्यीय छानबिन समिति गठन

नक्कली सुन र पेस्तोल बरामदबारे अनुसन्धान गर्न ५ सदस्यीय छानबिन समिति गठन

नेपालखबर
साउन १४, २०७७ बुधबार ७:५१,

नक्कली सुन र पेस्तोल बरामद प्रकरण छानबिन गर्न महानगरीय प्रहरी कार्यालयले छानबिन समिति गठन गरेको छ।

प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाको कमान्डमा पाँच सदस्यीय छानबिन समिति गठन भएको हो।

समितिमा एसएसपी किरण वज्राचार्य, एसपी सोमेन्द्रसिंह राठौर, एसपी दुर्गा दाहाल र डीएसपी राजकुमार केसी छन्।

याे पनि: प्रहरीको ‘अपत्यारिलो अप्रेसन’, सुन र हतियार बुझाएर राजधानीमै गाडीमा भाग्न संभव छ?

मंगलबार बिहान काठमाडौं प्रहरी परिसरले दुई थान पेस्तोलसहित आधा किलो सुन, साढे १४ किलो चाँदी बरामद गरेको जनाएको थियो। तर उक्त सामान बरामद गरे पनि गाडी भने भाग्न सफल भएको र अन्य निकायमा समेत जानकारी नभएपछि घटना रहस्यमय बनेको थियो।

प्रहरीले सार्वजनिक गरेको गाडी नम्बर समेत नक्कली भएको पत्ता लागेपछि छानबिन समिति गठन भएको हो।

यो पनिः
१५ केजी सुन र २ पेस्तोल बरामद, प्रहरी भन्छ : मान्छे भागे
प्रहरीले बरामद गरेको १५ किलो सुन नक्कली

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .