समाज


प्रधान कार्यालयमा कार्यरत चार प्रहरी कोरोना संक्रमणको आशंकामा अस्पताल भर्ना

प्रधान कार्यालयमा कार्यरत चार प्रहरी कोरोना संक्रमणको आशंकामा अस्पताल भर्ना

नेपालखबर
साउन ११, २०७७ आइतबार ७:१५,

प्रहरी प्रधान कार्यालयमा कार्यरत चार जना प्रहरीलाई कोरोना संक्रमण भएको आशंकामा अस्पताल भर्ना गरिएको छ।

ज्वरो आएपछि प्रहरी अस्पतालमा भर्ना गरिएका उनीहरुमा कोरोना संक्रमणको आशंका गरिएको प्रधान कार्यालयले जनाएको छ।

कोरोनासँग मिल्ने लक्ष्यण देखिएपछि स्वाब संकलन गरी प्रहरी अस्पतालले परीक्षणका लागि टेकू अस्पताल पठाएको प्रहरी प्रवक्ता डीआईजी निरज शाहीले बताए।

उनीहरुको सम्पर्कमा रहेका अरु प्रहरीलाई पनि क्वारेन्टिनमा राख्ने र स्वाव संकलन गर्ने तयारी भइरहेको छ।

अहिलेसम्म देशभर नेपाल प्रहरीका १२० जना कोरोना संक्रमित भएकोमा १०० जना निको भइसकेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad