आज सुनको भाउ ५ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायीका अनुसार शुक्रबारको मूल्यमा उक्त रुपैया बढेर छापावाल सुन प्रतितोला ९६ हजार ३ सय रुपैयाँमा कारोबार भएको हो।
त्यस्तै तेजाबी सुन ९५ हजार ८ सय ६० रुपैयाँमा कारोबार भएको छ। शुक्रबार छापावाल सुन ९५ हजार ८ सय र तेजाबी सुन ९५ हजार ३ सय ६५ रुपैयाँमा कारोबार भएको थियो।
चाँदी पनि प्रतितोला ५ रुपैयाँ महंगो भएको छ। आज चाँदी प्रतितोला ११ सय ५५ रुपैयाँमा कारोबार भएको छ। शुक्रबार चाँदीको मूल्य प्रतितोला ११ सय ५० रुपैयाँ थियो।
आजको सुनको मूल्य अहिलेसम्मकै महंगो हो।

प्रतिक्रिया