समाज


कोरोनाका कारण वीरगन्जमा १७ वर्षीया किशोरीको मृत्यु, मृतकको संख्या ४५ पुग्यो

कोरोनाका कारण वीरगन्जमा १७ वर्षीया किशोरीको मृत्यु, मृतकको संख्या ४५ पुग्यो

नेपालखबर
साउन १०, २०७७ शनिबार ११:१३,

कोरोनाको संक्रमणका कारण वीरगन्जमा एक १७ वर्षीया किशोरीको मृत्यु भएको छ।

बाराको परवानीपुरकी ८ कि एक १७ वर्षीया किशोरीको कोरोनाका कारण शुक्रबार बेलुका निधन भएको स्वास्थ्य मन्त्रालयको शनिबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिएको छ।

मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमका अनुसार ती किशोरीको शुक्रबार बेलुका गण्डक कोभिड अस्पतालमा निधान भएको हो।

गत बुधबार वीरगन्ज हेल्थ केयर अस्पतालमा उपचारका लागि गएकी उनको आरडीटी परीक्षण गर्दा पोजिटिभ आएपछि उनलाई बिहीबार अस्थायी कोभिड अस्पतालमा रिफर गरिएको थियो।

प्रवक्ता गाैतमका अनुसार उनको ८ गते स्वाब संकलन गरिएको थियाे भने  ९ गते कोरोना पुष्टि भएको थियो।

ती किशोरीको शरीरमा अक्सिजनको मात्रा कम भएको, पखाला लाग्ने, जीउ कम्ने र स्वासप्रस्वासमा समस्या देखिएको उनले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad