राजनीति


अमेरिकी आदेशपछि ह्युस्टनको चिनियाँ महावाणिज्य दूतावासको ढोका बन्द

अमेरिकी आदेशपछि ह्युस्टनको चिनियाँ महावाणिज्य दूतावासको ढोका बन्द

नेपालखबर
साउन १०, २०७७ शनिबार ११:३७,

एससीएमपीका अनुसार उक्त महावाणिज्य दूतावासको ढोका यतिबेला बन्द गरिएको छ।

स्थानीय समयअनुसार शुक्रबार अपरान्ह ४ बजे दूतावासबाट कुटनीतिज्ञ तथा कर्मचारीहरु त्यहाबाट बाहिर निस्किएका थिए।

सो क्रममा सानो समूहमा आएका मानिसहरुले बन्द भएको दूतावास अगाडि चीन सरकारविरुद्ध नारा पनि लगाएको बताइएको छ।

कुटनीतिक सुविधाको प्रयोग गर्दै चीनले यस महावाणिज्य दूतावासबाट जासूसीको प्रयत्न गरेको अमेरिकी ठहर छ।

गत मंगलबार अमेरिकाको ‘बौद्धिक सम्पत्ति’को सुरक्षा गर्नका लागि चिनियाँ दूतावास बन्द गर्न निर्देशन दिएको अमेरिकाले जनाएको थियो।

प्रतिक्रिया स्वरुप हिजो मात्र चीनले छेन्दुमा रहेको अमेरिकी महावाणिज्य दूतावास बन्द गर्न भनेको छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad