सुर्खेतबाट कालीकोट जाँदै गरेको फोर्स गाडी कर्णाली नदीमा खसेको छ। बिहीबार बिहान साढे ११ बजेतिर फोर्स गाडी नदीमा खसेको हो।
जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक पुष्पराज रोकायाले गाडी कर्णाली नदीमा खसेको पुष्टि गरे।
‘सुर्खेतबाट कालीकोटका लागि छुटेको कर्णाली प्रदेश ०२००१ ख १०५५ नम्बरको गाडी कर्णाली राजमार्ग अन्तर्गत दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ सांगेतडा नजिकबाट कर्णालीमा खसेको छ,’ उनले नेपालखबरसँग भने।
गाडी दुर्घटनामा परेको खबर ११ः४५ बजेको समयमा जिल्ला प्रहरी कार्यालय दैलेखलाई जानकारी प्राप्त भएको उनले बताए।
प्रहरीका अनुसार सडकबाट करिब ५०० मिटर तल गाडी खसेको र सडकबाट हेर्दा गाडी नदेखिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय दैलेखबाट डिएसपी ठाकुरप्रसाद पोखरेलको नेतृत्वमा १५ जना प्रहरी टोली घटनास्थल तर्फ लागेको छ।
Shares

प्रतिक्रिया