समाज


काठमाडौँका २ र ललितपुरका १ सहित उपत्यकामा ३ संक्रमित थपिए

काठमाडौँका २ र ललितपुरका १ सहित उपत्यकामा ३ संक्रमित थपिए

नेपालखबर
साउन १०, २०७७ शनिबार १०:५६,

काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

शनिबार स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले उपत्यकाका थप ३ जनामा कोरोना पुष्टि भएको बताए।

प्रवक्ता गौतमका अनुसार काठमाडौँका २ र ललितपुरका १ जनामा कोरोना पुष्टि भएको हो। पाटन अस्पतालमा गरिएको परीक्षणमा काठमाठडौँका १ र ललितपुरका १, स्टार अस्पताल सानेपामा काठमाडौँका १ जनामा कोरोना पुष्टि भएको हो।

यसँगै नेपालमा पछिल्लो २४ घण्टामा थप १०९ जनामा कोरोना पुष्टि भएको छ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १८ हजार ४८३ पुगेको छ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप १०६ जना कोरोना संक्रमित निको भएर घर फर्केका छन्।

योसँगै नेपालमा कोरोना १३ हजार ५३ जना संक्रमित निको भएर घर फर्केका छन्।

निको हुनेको प्रतिशत ७०.६ रहेको प्रवक्ता गौतमले जानकारी दिए।

त्यस्तै कोरोनाका कारण नेपालमा अहिलेसम्म ४५ जनाको मृत्यु भएको प्रवक्ता गौतमले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad