कोरोना भाइरसबाट बच्न मास्क लगाउनु एक प्रभावकारी उपाय मानिएको छ। त्यसमा पनि एन–९५ मास्कलाई सबैभन्दा सुरक्षित ठान्ने गरिएको छ।
तर भारतका केन्द्रीय स्वास्थ्यमन्त्री डा. हर्ष वर्धनले छिद्रवाला एन–९५ (एन–नाइन्टी फाइभ) मास्क कारोना रोक्न सक्षम नभएको जानकारी दिएका छन्।
ट्विट गर्दै उनले भनेका छन्, ‘छिद्रयुक्त श्वास यन्त्र राखिएको एन–९५ मास्क कोरोना प्रसार रोक्न अपनाइने नियमविपरीत छ। सबैलाई कपडाले बनेको तीन तहयुक्त मास्क लगाउन र अरूलाई पनि यसैमा प्रोत्साहन गर्न आग्रह छ।’
वाल्व लगे #N95 #Mask #COVID19 के प्रसार को रोकने में सक्षम नहीं !
छिद्रयुक्त श्वसन यंत्र लगा N-95 मास्क कोरोना वायरस के प्रसार को रोकने के लिए अपनाए गए नियमों के विपरीत है।सभी से आग्रह है कि कपड़े से बने Triple layer mask का इस्तेमाल करें व अन्य को इसके प्रति प्रोत्साहित भी करें। pic.twitter.com/1PpBbxeLLB

प्रतिक्रिया