राजनीति


लगानी बोर्डको सीईओका लागि छानिए यी ६ जना

लगानी बोर्डको सीईओका लागि छानिए यी ६ जना

नेपालखबर
साउन ६, २०७७ मंगलबार १५:१५,

नेपाल लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ)को लागि उपसमितिले ६ जनाको नाम छनोट गरिएको छ। 

१२ जनाको आवेदन परेकोमा अर्थ मन्त्रालयले गठन गरेकाे उपसमितिले ६ जनाकाे नाम छनोट गरेकाे हाे। अब अर्थमन्त्रीले ६ जना मध्ये ३ जनाको नाम सिफारिस गर्नेछन्। ति ३ जना मध्ये एक जनालाई मन्त्रिपरिषदले नियुक्त गर्नेछ।

गभर्नर महाप्रसाद अधिकारीको संयोजकत्वमा बनेको उपसमितिले सुशील ज्ञवाली, दीपकराज जोशी, रामकृष्ण खतिवडा, चण्डीकाप्रसाद भट्ट, सुमन शर्मा र सरोज कोइरालाको नाम अर्थमन्त्री डा. युवराज खतिवडालाई बुझाएको हो।

आगामी मन्त्रिपरिषद बैठकले सीईओ छनोट गर्ने अर्थ मन्त्रालय स्राेतले जनाएकाे छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad