अनुसन्धानबाट भल्भ रेस्पिरेटर भएको एन–९५ मास्कले कोरोना भाइरसबाट जोगाउन नस्कने पत्ता लागेको भारतको स्वास्थ्य मन्त्रालय अन्तर्गतको स्वास्थ्य सेवाका निर्देशक राजिव गर्गले बताएका छन्।
भारतको स्वास्थ्य मन्त्रालयले मंगलबार देशभरका सबै राज्यलाई भल्भ रेस्पिरेटर भएको एन–९५ मास्क प्रयोग नगर्न निर्देशन दिइसकेको हिन्दुस्तान टाइम्सले जनाएको छ।
मन्त्रालयले घरमै बनाइएको मास्क प्रयोग गर्न सुझाव दिएको छ। त्यस्ता मास्कलाई दिनमा एकपटक धुन पनि सरकारको सुझाव छ।

प्रतिक्रिया